Nepali Ambassador Dr. Ganesh Yonjan welcomed by Japan-Nepal Society
राजदूत डा. गणेश योञ्जनको स्वागतमा जापान-नेपाल सोसाइटीद्धारा कार्यक्रम सम्पन्न
जापानस्थित विभिन्न नेपाल सँग आवद्ध जापानी संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डा. योञ्जनले नेपाल र जापानबीच रहेको मैत्री सम्बन्धको बारेमा चर्चा गर्दै जापानले नेपाललाई सहयोग गर्न सक्ने क्षेत्रहरुका बारेमा जानकारी गराउनु भएको थियो । डा. योन्जनले संविधान सभाको निर्वाचन नै अहिले सबै भन्दा चुनौतिपूर्ण कार्य भएको हुँदा नेपाल सरकार यसलाई सफल बनाउन लागि परेको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जापान नेपाल सोसाइटीका अध्यक्ष चुइइचि इटोले जापान नेपाल जनस्तरको सम्बन्धको बारेमा चर्चा गर्नुभएको थियो । जापान बुद्धिष्ट फेडेरेसनका प्रतिनिधि सुयामाद्धारा टोस्ट प्रस्ताप पछि कार्यक्रम रात्रीभोजमा प्रवेश गरेको थियो ।
जापान नेपाल सोसाइटीका उपाध्यक्ष योसितोमि ओकुराद्धारा संचालित उक्त कार्यक्रममा राजदूतावास उपनियोग प्रमुख दुर्गा बहादुर सुवेदी र राजदूतावासका श्रीकृष्ण थापा र हरि थापाको परिचयात्मक कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
Popularity: 66% [?]
Leave a Reply