Budha Jayanti Celebrated in Japan

भब्यताका साथमा २५५२ औं बुद्ध जयन्ति

———————— 

तारा राना मगर

नेपाली आदिवासी जनजाति संघ जापानको आयोजनामा आईचि केन अर्न्तर्गत टोयोटा सी सुयनोहाराको काउमिङ्गखान भवनमा २५५२ औं बुद्ध जयन्ति समारोह भब्यताका साथमा सम्पन्न भएको छ । विधिवत रुपमा लामा ज्यू हरुबाट पुजापाठ संगै सुरु भएको उक्त कार्यक्रम दिनको करीव २ बजे तिर औपचारीक रुपमा संस्थाको अध्यक्ष श्री गजेन्द्र छन्त्याल ज्यू को अध्यक्षतामा सुरु भएको थियो कार्यक्रम मा नागोया विहार का धर्मगुरु ताकावका सान को प्रमुख अतिथ्यता रहेको थियो । अतिथी हरुमा शर्ेपा संघ नागोया जापान तथा नेपाली आदिवासी जनजाति संघ जापानका उपाध्यक्ष श्री ओङ्गछु शर्ेपा, मगर सेवा समिति टोकाई जापानका उपाध्यक्ष श्रीमति दुधि माया पुन मगर, थकाली सेवा समिति टाृेकाई जापानका सचिव विरेन्द्र गौचन, तमु धिं नागोया जापानका अध्यक्ष ओम गुरुङ्ग, छन्त्याल संध जापान का अध्यक्ष शिरी छन्त्याल, नेपाल तामाङ्ग मैत्रि संघ जापानका अध्यक्ष सोम तामाङ्ग, नेपाली सेवा समिति जापान का अध्यक्ष ज्योति पुन मगर, तथा लाली गुरास लोक सास्कृति परीवार जापान का अध्यक्ष कमल पुन मगर ज्यू को पनि आतिथ्यता रहेको थियो । संस्थाका उपाध्यक्ष ज्ञान पुन मगर को स्वागत मन्तव्य रहेको उक्त कार्यक्रम को संचालन संस्थाका महा सचिव तारा राना मगर ले गर्नुभएको थियो ।

प्रथम चरणको समापन संगै दोसा्रे चरणमा प्रवेष गरेको मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम मा जापानको सांगीतीक यात्रामा रहनुभएका चर्चित गाएक एद्रिन प्रधान, नमस्ते व्यान्ड का संस्थापक तथा चर्चित गाएकर् इश्वर गुरुङ्ग र चर्चित नृत्यङ्गना माया गुरुङ्ग को उत्कृष्ट प्रस्तुति रहेको थियो भने संगीत मा जापानी सहयोगीद्धे मिनामी हिरोयोकु, टेकेरा कादो र नोमुरा युमी को सहभागीता रहेको थियो ।

कार्यक्रमको अन्तमा नेपाल बाट आमन्त्रित कलाकारद्धय एद्रिन प्रधान र माया गुरुङ्गलाई नेपाली आदिवासी जनजाति संघ जापानका उपाध्यक्ष ओङ्गछु शर्ेपा ज्यू ले खादा तथा उपहार प्रदान गर्नुभएको थियो । त्यसैगरी संस्थाका अर्का उपाध्यक्ष बसन्त गौचन ज्यू ले लामा, आङ्ग फर्ुबा शर्ेपा ज्यू लाई खादा तथा उपहार बाट सम्मान गर्नुभएको थियो भने उक्त दोस्रो चरणको सास्कृतिक कार्यक्रम को संचालन लाली गुरास लोक सास्कृतिक परीवार का सचिव ओम गुरुङ्गले संचालन गर्नुभएको थियो ।

Popularity: 39% [?]