एनआरएन र अनलाइनको भूमिकाबारे जापानमा कार्यशाला हुने
जापानबाट प्रकाशन हुँदै आएको अनलाइन पत्रिका नेपाल जापान डट कमले ‘गैरआवासीय नेपाली समुदाय र अनलाइन पत्रिकाको भूमिका‘ विषयक एक दिने कार्यशाला गोष्ठी आयोजना गर्ने भएको छ ।
प्रवासमा बसोबास गर्ने नेपालीको सूचना प्रवाहको लागि महत्वपूर्ण भूमिका निभाउँदै आएका अनलाइन पत्रिकाको निरन्तरता, व्यवसायिकता र निष्पक्षताका विषयलाई लिएर टोक्योमा आगामी ९ मार्चमा आयोजना हुने उक्त कार्यशालामा कार्यपत्रहरु प्रस्तुत गरिने आयोजक नेपाल जापान डट कमले जनाएको छ । कार्यक्रममा नेपाली राजदूत डा. गणेश योञ्जन तामाङको ‘कि नोट स्पीच‘ रहने छ भने विभिन्न विज्ञद्वारा प्रस्तुत कार्यपत्रमा प्रतिक्रियासहित अन्तरक्रिया गरिने छ । अनलाइन पत्रिकास“ग प्रत्यक्ष सरोकार राख्ने प्रवासी नेपालीका गतिविधि, सूचना प्रविधि, शिक्षा, साहित्य, राजनीति, आदि विषयवस्तुलाई लिएर कार्यपत्र प्रस्तुत गरिने कुरा सो अनलाइनका सम्पादक शरद शेरचनले जानकारी दिनुभयो । जापानबासी सम्पूर्ण नेपालीलाई निमन्त्रणा गरिएको उक्त कार्यक्रममा स्थापनाको पा“चौं बसन्त पार गरिसकेको नेपाल जापान डट कमले आफ्ना पाठक, विज्ञापनदाता, सहयोगी र शुभ चिन्तकहरुस“ग पनि प्रत्यक्ष जलपान गर्ने कार्यक्रम रहेको बताइएको छ ।
Popularity: 46% [?]
This entry was posted
on Friday, February 29th, 2008 at 8:09 am and is filed under Japan News.
You can follow any responses to this entry through the RSS 2.0 feed.
You can leave a response, or trackback from your own site.
Leave a Reply