Subas Ghising has Resign in Darjeeling
सुवास घिसिङद्धारा राजिनामा, दार्जिलिङवासीहरुमा खुसीयालिको उत्सव दार्जिलिङ गोर्खा पार्वत्य परिषद् (दागोपाप) का कार्यवाहक प्रशासक सुवास घिसिङले सोमबार आफ्नो पद्बाट राजिनामा दिएका छन् । पश्चिम बंगालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्जीलाई सम्बोधन गर्दै उनले राजीनामा गरेका हुन् । घिसिङको राजीनामा पछि दार्जिलिङवासीहरुमा खुसीयालिको उत्सव छाएको छ । सोही खुसियालीमा उनीहरुले दिउँसो करिब साढे ११ बजेदेखि नै दिनभर नारा-जुलुस तथा साँझ दार्जिलिङको मुख्य स्थल चौरस्तामा दीपावली समेत गरिएको समाचार प्राप्त भएको छ । घिसिङको नेतृत्वमा अलग राज्य माग गर्दै चलेको गोर्खाल्यान्ड आन्दोलनका क्रममा १२ सय जनाको ज्यान गएको थियो । पश्चिम बंगाल सरकार, भारत केन्द्रीय सरकार र घिसिङ नेतृत्वको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका बीच सम्पन्न त्रिपक्षीय सम्झौतापछि उक्त आन्दोलन रोकिएको थियो । सम्झौतापछि सीमित अधिकारसहितको स्वायत्त निकायका रूपमा दार्जिलिङ गोर्खा पार्वत्य परिषद् गठन गरिएको थियो भने त्यसको प्रशासक घिसिङलाई बनाइएको थियो । उनी सन् १९८८ देखि यसका प्रमुख रहँदै आएका थिए । पछि उनकै सहयोगी विमल गुरुङले उनी विरुद्ध गोर्खा मुक्तिमोर्चा स्थापना गरी दार्जिलिङ, कालिम्पोङ,खर्साङ आदि विभिन्न नेपाली भाषा क्षेत्रमा शान्तिपूर्ण आन्दोलन गरे । पछिल्लोपटक उनीहरूले घिसिङको राजीनामा र भारतीय संविधानको छैटौं अनुसूचीबमोजिमको व्यवस्था लागू गर्न बनेको प्रस्तावित विधेयक खारेजीको माग गरेका थिए । घिसिङलाई एक सातादेखि दार्जिलिङ क्षेत्र प्रवेशमा समेत रोक लगाइएको थियो ।
Popularity: 72% [?]
This entry was posted
on Wednesday, March 12th, 2008 at 9:15 am and is filed under India News.
You can follow any responses to this entry through the RSS 2.0 feed.
You can leave a response, or trackback from your own site.
Leave a Reply