Sakela in Hong Kong
हङकङमा साकेलाको रौनक
किरात राई जातिहरुको महान चाड साकेला उभौली हङकङमा पनि धूमधाम मनाए । मे २५ आईतबारका दिन गएको वर्षहरुमा जस्तै हङकङको उचाईमा रहेको ताईमोशान कन्ट्री पार्कमा साकेलाको आयोजना किरात राई यायोक्खा हङकङले गरेको थियो । अनुकुल मौसमका कारण हङकङवासी नेपालीहरु विभिन्न भेषभुषामा साकेला नृत्यमा रमाउन आएका थिए । अपरान्ह ३ बजे शुरु भई साँझ अबेरसम्म ढोल झ्यम्टाका आवाजमा राई जाति मात्र होइन पूर्व पश्चिम सबै ठाउँबाट हङकङ आई बसोबास गरी रहेका नेपालीहरुले साकेलाको मज्जा लिएका थिए । प्रतिकुल मौसमका कारण विगत केही वर्षेखि धित मर्ने गरी नाच्न नपाएका सबै पुस्ताका नेपालीहरुले यसपालि भने दिलखोलेर साकेला नाच्न पाएका थिए । पुरै ताई मो शान डाँडा साकेलामय बनेको थियो ।
वृद्धा महिला विष्णुकुमारी राई प्रमुख अतिथि तथा हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू एवं आदिवासी जनजाति महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङ विशेष अतिथिको रुपमा उपस्थित रहनु भएको थियो । कार्यक्रममा अन्य जातजातीय संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति देख्न पाइएको थियो । आयोजकहरुबाट औपचारिक साकेला नृत्य पछि आईकेटी कलेजका विधार्थीहरुले समेत साकेला प्रदर्शनीको रुपमा प्रस्तुत गरेपछि उपस्थित सबैले साकेलामा रमाउने अवसर प्राप्त गरेका थिए । अध्यक्ष नरहाङ राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष किसन राईले स्वागत मन्तव्य र सचिव शशिमदन राईले कार्यक्रमको संचालन गरेका थिए । वाषिर्क प्रकाशित गर्दै आएको साकेला मुखपत्रलाई र्सार्वजानिक गरिएको थियो ।
कार्यक्रममा विविक्यू एवं पेय पदार्थको व्यवस्था गरिएको थियो । युनाइटेड क्रिष्टियन एक्शनले निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरेको थियो । कार्यक्रममा उत्कृष्ट किरात राई भेषभुषामा सजिएकाहरुलाई पनि पुरस्कृत गरिएको थियो । आयोजक बाहेक कार्यक्रममा किताब, क्यालेण्डर छापेर जबरजस्ती बेच्नेको जात्रा पनि उतिकै मात्रामा देखिएको थियो ।
Popularity: 63% [?]
Leave a Reply