जसो गर जे गर जता सुकै लैजाउ मलाई ।
यो मन त मेरो नेपाली हो ।। .................२
मलाई गर्वछ हाम्रो पर्ुखाले
कति व्याथाहरु सहेर र्
इतिहासमा कथा त लेखे कै छ ।।
न नै लर्डाईको मैदान बाट भागि दिन्छ
न त सुनको तराजुमा बिकि दिन्छ ।
आफनै कर्ममा अटल रहने
आफनै पसिनामा विश्वास राखने ।।
यो मन त मेरो..... नेपाली हो ......
न नै अरुको भरोसामा बाची दिन्छ
न त आफनो अधिकारलाई लुटन दिन्छ ।।
हिमाल झैं चम्किलो छ यो छाती
आकाश झैं विशाल छ सफा छ यो मन