-› Mausam
निर्देशक श्याम भट्टराईको दोस्रो चलचित्र ‘मौसम’ को यहि फाल्गुन ३ गते शुक्रबार पोखरामा शुभमुहूर्त गरियो ।
साजन फिल्मको ब्यानरमा निर्माण हुने उक्त चलचित्रको कथावस्तु प्रेम र पारिवारिक पृष्ठभूमिमा आधारित रहेको छ । सञ्जय कुटु उक्त चलचित्रका निर्माता हुन् भने चलचित्रका संगीतकार सुरेश अधिकारी, द्धन्द निर्देषक हिमाल केसी र नृत्य निर्देषक बसन्त श्रेष्ठ रहेका छन् ।
मौसममा राजेश हमाल, आर्यन सिग्देल, रञ्जना शर्मा, शर्मिला मल्ल, गणेश उप्रेती, भावना गुरुङ लगायतका कलाकारहरुको भूमिका रहनेछ ।
- Feb 18 2008 Monday 12:37:58 AM