-› सायमीद्वारा रचित गीतहरुको संग्रह ‘साभार’ स

नेपाली आधुनिक संगीतले एक सय वर्ष प्रवेश गरेको अवसर पारेर गीतकार प्रकाश सायमीद्वारा रचित गीतहरुको संग्रह ‘साभार’ सार्वजनिक गरिएको छ । सायमीले विगत २५ वर्षदेखी रचना गरी रेकर्ड गरिएका गीतहरुलाई उक्त संग्रहमा समेटिएको छ । शम्भुजित वाँस्कोटा, शक्ति बल्लभ, आलोकश्री, प्रवीण बराइली, युजेन लामा र दीपचन्द्र मोक्तान आदिका संगीतमा उदितनारायण झा, दीपा झा, प्रकाश श्रेण्ठ, विमला राई, जगदीश समाल, प्रतिमा राजभण्डारी, अरुण कार्की, रचना जिसी, इन्दु स्याङबो, दिपचन्द्र मोक्तान र शैलेश सिंहद्वारा गाइएका गीतहरु समेटिएको उक्त एल्बमको विमोचन संगीतकार दीपक जंगम तथा प्राध्यापक डा. मोहनप्रशाद लोहनीले संयुक्त रुपमा गरेका थिए ।
- Apr 9 2008 Wednesday 06:55:46 AM