-› दाइको ससुरालीमा

हिन्दु समाजमा एउटी नारी विधवा भएपछि उनी परिवारभित्र मात्र होइन, समाजबाट समेत अपहेलित बन्न पुग्छिन्न । उनले जीवनभर सेतो बस्त्र पहिरिनुपर्छ तर विधवा नारीको सिउँदोमा सिन्दूर हालेर कसैले उसको जीवनरक्षा पनि गर्छ । उसले समाजमा न्युनतम परिवर्तन ल्याउन पहल गर्दछ । चलचित्र ‘दाइको ससुराली’ मा यसरी नै विधवा विवाहलाई जोडदार रुपमा उठाइएको छ । हास्य गीतमा ख्याति कमाइ सकेका गायक प्रकाश ओझा पहिलो पटक यो चलचित्रमा नायकका रुपमा प्रस्तुत भएका छन् । उनी यो चलचित्रमा सोझो र कमजोर पात्रका रुपमा देखिन्छन् ।
ओझामाथि सौतिनी आमाले उनको सम्पत्ति कब्ज गर्न विभिन्न षड्यन्त्र बुन्छिन । सौतिनी आमाका रुपमा देखिएकी प्रिया रिजालले सम्पत्तिको लोभमा ओझालाई मार्ने षड्यन्त्र गर्दै दहीमा हालेको विष उनकै छोराले खाएपछि चलचित्रको कथा संवेदनशील मोडमा पुग्छ । चलचित्रमा निखिल उप्रेतीको पनि उपस्थिती रहेको छ । चलचित्रमा कामुकता झल्कने नृत्यहरू राखिएको छ, जुन चलचित्रको कथासँग मेल खाँदैन । दाइको ससुरालीमा धाइ रहने ओझाले चलचित्रको अन्त्यमा विधवा सञ्चिता लुइटेलसँग विवाह गर्छन् । गायक ओझाले चलचित्रमा अभिनय मात्र होइन गाउने र संगीत भर्ने काम पनि गरेका छन् ।
- May 2 2008 Friday 07:38:21 AM