-› चलचित्र ‘यतिको खोजीमा’ को निर्माण अन्तिम चर&
भिजुल प्रोडक्सन सेन्टरको निर्माण तथा सन्तोष ढकालको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘यतिको खोजीमा’ को निर्माण अन्तिम चरणमा पुगेको छ ।
बन्दीपुरस्थित ऐतिहासिक गुफा, म्याग्दीस्थित तिप्लाङ वरिपरिका स्थानको साथै मुस्ताङ जिल्लाको घांसा, तेले, टुकुचे, जोमसोम लगायतका रमणीय एवं विकट ठाउँहरुमा छायांकन गरिएको उक्त चलचित्रमा प्राचीन आदिवासी, प्राकृतिक प्रकोप र नेपालको हिमाली खण्डमा रहस्यमय रुपमा अस्तित्व बोकेको यतिसँगको संघर्षलाई समेटिएको छ ।
- Apr 25 2008 Friday 03:46:09 AM