भारतिय सोनि टिभि को उत्पादन रहेको चर्चित टेलिभिजन शो ईण्डियन आईडलको सन् २००७ मा आईडल छनोट भएपछि कोलकाता प्रहरीमा कार्यरत प्रशान्त तामांगको जिवन एकाएक परिवर्तन भयो । उनले आफ्नै एल्बम सहित थुप्रै गीत गाए र सफल पनि भए । अहिले उनि गायकीमा मात्र होईन नायकीमा पानि पोख्त भईसकेका छन् । नेपाली मूलका भारतिय तामांङले तीनवटा नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् । अघिल्लो बर्षको उत्कृष्ट चलचित्रमध्ये प्रशान्तद्वारा अभिनित तथा नारायण रायमाझिद्वारा निर्देशित 'गोर्खा पल्टन' अग्रणि स्थानमा रह्यो ।
यतिबेला बजारमा फेरी नायक प्रशान्त तामागंको चर्चा छ । उनि अभिनित दुई चलचित्र एकै महिनामा प्रदर्शनमा आउने भएका छन् । 'अँगालो यो मायाको' असार दश र 'किन मायामा' असार सत्र गतेदेखि दर्शकमाझ आउँदैछन् । उनि भरतिय भएपनि कलिउडमानै व्यस्त छन् । नेपाली चलचित्रको सेरोफेरोमा रहेर onlinesansar.com का जिवन पराजुलीसँग गरिएको कुराकानीको संपादित अंश :-
१. कलिउडमा नै धाउनुको कारण ?
कारण केहि छैन । नेपाली चलचित्रमा काम गर्ने मौका पाईयो । अफर आएपछि सकेको कोशिस पनि रह्यो । म कलिउडमा आउनु नराम्रो हो जस्तो लाग्दैन । कलाकारिता जहाँ पनि हुन सक्छ, त्यसो त थुप्रै नेपाली कलाकारहरु बलिउड, हलिउडमा छन् ।
२. बलिउडमा नसकेर कलिउड पसेको भन्छन् नि ?
खासमा म नेपाली मूलको हो । नेपालीको ना
प्रशान्त तामांङ मात्र भनेको राम्रो लाग्छ । मलाई मेरै नामले बोलाएको सम्मान लाग्छ । बिल्ला जोड्नुपर्छ भन्ने छैन ।
३. संगीत छोडेर चलचित्रमा आउनुभएको हो ?
संगीत मेरो सानैदेखिको रुचि थियो । मेहनत गरियो, सफल पनि भईयो । कुनैलाई काखा कुनैलाई पाखा गरेको होइन । जम्मा तीनवटा चलचित्रमा काम गरेँ । ति चलचित्रमा पनि आँफैले गीत गाएको छु । यस अर्थमा पनि म संगीतमा नै छु । म चलचित्रमा हिट हुनुपर्छ भन्ने छैन । यो सुन्न नपरोस। कि गायनबाट चलचित्रमा आएको प्रशान्त असफल भयो ।
४. तपाईँलाइ बोलाउँदा 'ईण्डियल आईडल' भनेको राम्रो लाग्छ की नेपाली 'नायक' ?
प्रशान्त तामांङ मात्र भनेको राम्रो लाग्छ । मलाई मेरै नामले बोलाएको सम्मान लाग्छ । बिल्ला जोड्नुपर्छ भन्ने छैन ।
५. 'अँगालो यो मायाको'ले दिन खोजेको सन्देश ?
यो चलचित्रमा मेरो यथार्थ जिवन भन्दा भिन्न भुमिकामा छु । एउटा कुलतमा फसेको युवकको भुमिका छ । जिन्दगीको चुनैतीहरु नै यसको सन्देश हो ।
६. अन्त्यमा दर्शकलाई केहि भन्नु छ की ?
हिजो जुन ठाँउमा थिएँ, त्यहाँ पनि तपाईँको साथले नै यहाँसम्म आएको हुँ । आज पनि मेरो सबथोक दर्शकहरुनै हो । सकेसम्म यो भन्दापनि राम्रो गर्नेछु । तपाईँको साथ, माया मलाई चाहिन्छ ।